दमक (झापा), ३ पुसः झापा, गौरादह निवासी पुराना लोकगायक सीताराम ताजपुरिया सम्मानित हुनुभएको छ ।
दमक नगर इसाई समाजले आज दमकमा आयोजना गरेको बडादिन ख्रीष्टमस शुभकामना आदानप्रदान तथा साङ्गीतिक कार्यक्रममा ताजपुरियालाई सम्मान गरेको हो ।
नेपाली लोकगीत, गीतमा ताजपुरियाले पु¥याएको योगदान अतुलनीय भएको भन्दै दोसल्लासहित ताम्रपत्रका साथ सम्मान गरिएको दमक नगर इसाई समाजका समाजका अध्यक्ष हेमन्त सुब्बाले बताउनुभयो । समाजले बर्सेनि वडादिनका अवसरमा समाजमा विशिष्ट योगदान पु¥याउने एक जना प्रतिभालाई सम्मान गरिआएको छ ।
रेडियो नेपालमा ३४ वर्ष लामो समय सेवागरी हाल सेवानिवृत्त जीवन बिताइरहनुभएका पुराना लोकगायक ताजपुरियालाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुमख रेगिना भट्टराई प्रसाईंले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
विसं २०१५ मा गौरीगञ्जमा जन्मनुभएका ताजपुरियाले २०४२ सालमा रेडियो नेपालमा प्रवेश गरी ३४ वर्षसम्म कार्यरत थिए । ताजपुरियाका दर्जनौँ लोकगीत रेर्कड भएको छ । त्यसमध्ये ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ भन्ने गीत आजसम्म गुञ्जयमान बनेको छ ।