पुस ५, २०८२ शनिबार

महेन्द्रनगर (धनुषा), ५ पुसः मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराउनुभएको छ । 

    उहाँले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा नेपाली कांग्रेसका वीरेन्द्र सिंह र समर्थकमा माओवादी केन्द्रका फकिरा महतो रहनुभएको प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।