सान फ्रान्सिस्को, ६ पुस : अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा शनिबार ठूलो मात्रामा विद्युत अवरोध देखा परेको छ । यसबाट करिब एक लाख ३० हजार घर र व्यवसायहरू प्रभावित भएका छन्, जुन शहरमा सेवा दिने मुख्य विद्युत कम्पनी ‘प्यसिफिक ग्यास एण्ड इलेक्ट्रिक’का ग्राहकहरूको करिब एक तिहाइ हो ।
सान फ्रान्सिस्को दमकल विभागका अनुसार, शनिबार दिउँसो शहरको विद्युत उपकेन्द्रमा आगो लागेको थियो, जसले केही क्षेत्रमा विद्युत अवरोध सिर्जना गरेको हो ।
विद्युत कम्पनीका प्रवक्ताले आइतबार बिहानसम्म पनि शहरका कुनै भागमा विद्युत सेवा कहिले पुनःसञ्चालित हुने निश्चित नभएको जानकारी दिएका छन् ।
---