मस्को, ७ पुस: रुसले युरेशियन आर्थिक सङ्घ (ईएइयु) का सदस्य राष्ट्रहरूसँगको पारस्परिक लाभमा आधारित सहकार्यलाई उच्च प्राथमिकता दिँदै आपसी सम्बन्ध थप विकास गर्न संयुक्त प्रयास तीव्र बनाउने योजना बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार बताउनुभएको छ ।
सैन्ट पिटर्सबर्गमा सम्पन्न सङ्घको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युरेशियन आर्थिक सङ्घ बहुध्रुवीय विश्वको एक स्वतन्त्र र आत्मनिर्भर केन्द्रका रूपमा सुदृढ रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो ।
उहाँले सङ्घभित्रको सहकार्य निरन्तर रूपमा स्थिर प्रगतिमा रहेको उल्लेख गर्दै यसले सदस्य राष्ट्रहरू तथा सम्पूर्ण युरेशियन क्षेत्रको आर्थिक स्थायित्व र सहनशीलता सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो । विश्वव्यापी आर्थिक अनिश्चितताको पृष्ठभूमिमा यस्तो सहकार्य अझै आवश्यक रहेको उहाँको धारणा थियो ।
बैठकका क्रममा बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले सन् २०२६ मा काजाखस्तानले युरेशियन आर्थिक सङ्घको घुम्ती अध्यक्षता सम्हाल्ने जानकारी दिनुभयो । हाल सन् २०२५ का लागि उक्त सङ्घको घुम्ती अध्यक्षता बेलारुससँग रहेको छ ।
युरेशियन आर्थिक सङ्घका सदस्य राष्ट्रहरूमा आर्मेनिया, बेलारुस, काजाखस्तान, किर्गिस्तान र रुस रहेका छन् ।