काठमाडौँ, ७ पुस : ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् ।
ललितकला क्याम्पसले श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीसँग सहकार्य गरी साप्ताहिक एवं पाक्षिक रुपमा भजन प्रस्तुति सुरु गरेको हो । हालसम्म २८ वटा प्रस्तुति भइसकेको ललितकलाका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेलले राससलाई जानकारी दिनुभयो ।
कार्यक्रममा क्याम्पसका विद्यार्थी र विज्ञले भक्ति सङ्गीत प्रस्तुत गर्दै आएका छन् । कार्यक्रममा भ्वाइलिनमा यतिराज अधिकारी र सुव्रिना बस्नेत, तबलामा अनन्त प्रजापति, निखिल विष्ट र पुजन मगर, सितारमा लभिसजङ्ग गुरुङ, बाँसुरीमा रुपेश शाक्य एवं भजन गायनमा सुदेश पाठकले प्रस्तुति दिँदै आएका छन् ।