पुस ८, २०८२ मंगलबार

गण्डकी, ८ पुस  :  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १८औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ । 
    
    लगातार पाँच दिनसम्म सञ्चालन भई सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अङ्क प्राप्त गरी १८औँ संस्करणको उपाधि हासिल गरेको हो । उपाधिसँगै प्रतिभा माविले रनिङ शिल्ड हात पारेको छ । 
    
    हिसान स्पोर्टस मिटअन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीले विभिन्न चार खेलका छुट्टाछुट्टै इभेन्टमा प्रतिस्पर्धा गरेका थिए । सोअन्तर्गत छात्रछात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा भएका थिए भने विश्वविद्यालयतर्फ समेत ब्याडमिन्टन, टेबुल टेनिस र बास्केटबलका स्पर्धा सञ्चालन भएका थिए । 
    
    प्रतिभा मावि छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अङ्क, छात्र भलिबल र टेबुल टेनिसमा टिम उपविजेता हुँदै १० अङ्क तथा छात्रा भलिबलमा तेस्रो स्थान हँुदै तीन अङ्क प्राप्त गर्दा कूल ३४ अङ्कका साथ उपाधि विजेता बनेको हो । 
    
    हिसान कास्कीअन्तर्गत जिल्लामा आबद्ध ८० शिक्षालयमा ४० हजारभन्दा बढी विद्यार्थी र पाँच हजार बढी शिक्षक तथा कर्मचारी कार्यरत रहेको हिसानका सचिव किरण सापकोटाले जानकारी दिनुुभयो । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आबद्ध विद्यालयहरूको आबद्धता रहेको उहाँले बताउनुुभयो ।