पुस ९, २०८२ बुधबार

काठमाडौ, ९ पुस: निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो । 

 आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी,  आधुनिक नेपाल समाजवादी पार्टी,       नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् । 

हाल आयोगमा दर्ता भएका दलको सङ्ख्या १३७ छ ।