पुस १०, २०८२ बिहिबार

काठमाडौँ, १० पुसः राष्ट्रिय ख्रिष्टियन महासङ्घ, नेपालका अध्यक्ष उद्धवप्रसाद चिमोरियाले ‘क्रिसमस डे’का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

    अध्यक्ष चिमोरियाले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाइरहँदा आफूहरुले मुलुकका सातै प्रदेश र राजधानी काठमाडौँमा कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । यस पर्वले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको बताउँदै अध्यक्ष चिमोरियाले महासङ्घको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त भएको  स्पष्ट गर्नुभएको छ । अध्यक्ष चिमोरियाले महासङ्घको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त दिइएको पनि स्पष्ट गर्नुभयो ।