विराटनगर, १५ पुसः विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको बताउनुभएको छ ।
ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई समाजको विकाससँग आवश्यक रहेको औैँल्याउनुभयो ।
प्रमुख कोइरालाले महानगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति र कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भत्रुभयो, “ज्येष्ठ नागरिकलाई बोझ होइन, प्रेरणाका स्रोतका रूपमा सम्मान गर्ने संस्कार विकासको साँचो आधार हो । घर–परिवार, समाज र राज्य–तीनै तहबाट उहाँहरुप्रति संवेदनशीलता बढाउनु जरुरी छ ।”
सो अवसरमा ज्येष्ठ नागरिकको भवनका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।
समितिका अध्यक्ष अमरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर–६ का अध्यक्ष हरिश्चन सहनी (अक्षेय), ज्येष्ठ नागरिक महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।