पाटन (ललितपुर), १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यहाँस्थित ज्यापु सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
बुधबार साँझ मन्त्री खरेलले सङ्ग्रहालयकोे अवलोकनका साथै ज्यापु समाजका पदाधिकारीहरूसँग छलफल गर्नुभएको हो ।
“आफ्नो मौलिकता र सौन्दर्यले भरिपूर्ण यो सङ्ग्रहालयको महत महत्व छ, मौलिक कला, संस्कृति र सभ्यतामा धनी ज्यापु समुदायले माटोप्रति दर्शाएको मायालाई प्रचारप्रसार गर्दै हामीले हाम्रो आत्मीयता, आपसी सद्भावलाई विश्वसामु परिचित गराउनुपर्छ,” मन्त्री खरेलले भन्नुभयो ।
त्यसअघि समाजका अध्यक्ष सन्तमान महर्जनलगायत समाजका पदाधिकारीले मन्त्री खरेलको स्वागत गर्नुभएको थियो ।