वासिङ्टन, २४पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई पक्ष बिचमा फोन वार्ता भए पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गर्नु भएको छ ।
ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबीचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउदै निकट भविष्यमा उहाँलाई भेट्न आफु उत्सुक रहेको बताउनु भएको छ ।
राष्ट्रपति ट्रम्पले विदेशमन्त्री मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको लागि आश्यक व्यवस्था भइरहेको उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गर्नु भएको छ ।
यसैबीच, कोलम्बियाका मिडियाहरुले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उहाँले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानलहरू पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।