लुम्बिनी १, माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको लुम्बिनी प्रदेशमा विविधतामा निहित मौलिक संस्कृति र परम्पराहरू नै पहिचान र शक्ति भएको बताउनुभएको छ ।
माघीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ता सांस्कृतिक पर्वको प्रवद्र्धनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । साथै उहाँले संस्कृति संरक्षण गर्नु सबैको साझा दायित्व
भएको बताउनुभएको छ ।
थारु समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँने परम्परा रहेको तथा मगर, यादवलगायत अन्य समुदायका लागि पनि यो पर्व विशेष महत्वको भएको उल्लेख गर्दै उहाँले मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने सन्देशमा बताउनुभएको छ ।