काठमाडौँ, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीे सोनाम ल्होछार पर्वको शुभकामना दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै यस्ता पर्वले उज्यालो दिएको बताउनुभएको छ ।
“आज तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछार, यो दिन तामाङ समुदायको नयाँ वर्षको दिन हो”, उहाँले भन्नुभएको छ, “हिमालको काखमा जन्मिएको हाम्रो बहुसंस्कृतिले हामीलाई यस्ता धेरै पर्वको उज्यालो दिएको छ र हामीलाई आपसी एकतामा रहन सिकाएको छ ।” अध्यक्ष ओलीले तामाङ समुदायको जीवनदर्शन, भाषा, वेषभूषा, नृत्य र सङ्गीतको सौन्दर्य सोनाम ल्होछार पर्व रहेको बताउनुभएको छ ।