माघ ६, २०८२ मंगलबार

धरान (सुनसरी), ६ माघ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । 

    धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहनुभएका उहाँले सुनसरी निर्वाचन क्षेत्र नम्बरमा पुगेर मनोनय दर्ता गराउनुभएको हो । निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार अध्यक्ष राईले धरान उपमहानगरपालिका–८ स्थित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भइरहेको छ । जिल्लाभर कूल पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम रहेका छन् । जसका लागि १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।