माघ ६, २०८२ मंगलबार

काठमाडौँ, ६ माघः  नेपाल सितोरियो कराँते सङ्घ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराँते प्रतियोगिता हुने भएको छ ।

बुधबारदेखि हुने प्रतियोयितामा नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी (एपीएफ) गरी १० टोलीबाट २१० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रामकुमार थारुले जानकारी दिनुभयो । प्रत्येक टोलीबाट २१ खेलाडी सहभागी हुने उहाँले बताउनुभयो । 

त्यस क्रममा पुरुषमा नौ र महिलामा आठ गरी १७ स्पर्धामा खेल हुनेछन् । टोली विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने आयोजकले जनाएको छ ।