माघ १७, २०८२ शनिबार

भक्तपुर, १७ माघः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै पठाउनुपर्ने बताउनुभएको छ ।

    नेपाल मजदुर किसान पार्टीको ५२औँ स्थापना दिवसका अवसरमा आज यहाँ कानुन अध्ययन समाजले आयोजना गरेको ‘न्याय दृष्टि’ पुस्तक सार्वजनिक गर्दै उहाँले जनताको आफ्नो सही प्रतिनिधि चयन गर्न मतदाताको चेतनास्तरमा पनि वृद्धि हुनुपर्ने बताउनुभयो ।

    अध्यक्ष बिजुक्छँेले भन्नुभयो, “जनताले मतदानमार्फत देश र जनताको हितमा काम गर्ने पार्टी र व्यक्तिलाई संसद्मा पठाउनुपर्छ, तब मात्र देश र जनताको हितमा काम हुन सक्छ । मतदान गर्नुअगाडि उम्मेदवारको पृष्ठभूमि हेरेर, उसको क्षमता बुझेर मात्रै मतदान गर्नुपर्छ । जनताको चेतनास्तर सुध्रन आवश्यक छ ।”
    
    देशको पक्षमा कानुन बन्न नसके सङ्कट आउने भन्दै उहाँले गलत कानुन बनेमा संसद्मा लडेर भए पनि परिमार्जन गर्नुपर्ने बताउनुभयो ।