फागुन २४, २०७७ सोमबार

रचना पाण्डे  /
हरेक बर्ष मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय नारि दिवस मनाइन्छ। नारि दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन् । महिलाले एउटा घर, समाज, राष्ट्र र विश्वमा आफुलाई कति सुरक्षित महसुस गर्छिन् भन्ने हो ।तुलाना गरौ त महिला विनाको संसार कति निरास हुन्छ होला ? समाजमा लैङ्गिक समानता र न्याय कायम गर्न सके समाजमा प्रचलित महिला विरुद्धको शोषण, दमन, विभेद , असमानता अन्त्य गर्न सकिन्छ । त्यसैले महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको , त्यो राष्ट्रको र पुरै विश्वको प्रगति हो ।
        
नेपालको संविधानमा महिला हक 
मौलिक हकको रूपमा व्यवस्था गरिएको छ ।महिला सशक्तिकरणको लागि महिला सहभागीतालाई प्राथमिकतामा राखिएको छ । समाजमा समानता र समता कायम गर्नको लागि महिलाको लागि विभिन्न आरक्षणहरूको व्यवस्था गरिएको छ ।नीतिनिर्माण देखि  राजनितीक सहभागीता लगाएत अन्य  विभिन्न क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने अवसरहरू पनि धेरै नै छन्। हरेक नागरिकलाई सम्मानता र स्वतन्त्रपूर्ण बाच्ने पाउने अधिकार छ ताकि महिला आफुमहिला भएकै कारण विभिन्न सामाजिक विभेदका कारण आफुलाई कहिल्यै स्वतन्त्र महशुस गर्न  सक्दैन्न । 
                
 कानुनमा जति नै उल्लेख भएपनि समाजमा भएको पितृसत्तात्मक सोच ,अशिक्षा परम्परागत मूल्य मान्यताका कारण महिलाहरू माथि हुने विभेदको अन्त्य हुँदैन। त्यसैले नारी दिवस मनाउँदैमा र नारीलाई शुभकामना दिदैमा मानिसको सोचमा परिवर्तन आउँदैन।
      
 नारि दिवसको दिन 
जसरी सामाजिक सन्जालमा नारिको सम्मान गर्नु पर्छ भन्ने देखिन्छ।त्यो देख्दा मलाई अचम्म लाग्छ किन कि ३६५ दिन सम्मान के हो भन्ने थाहा नभएको  मान्छेले समेत नारि दिवसको दिन देखावटी रूपमा नारिलाई सम्मान गर्नु पर्छ भन्दै  पोस्ट गरि रहेको देख्छु ।

सामाजिक सन्जालमा मात्र नभई व्यवहारमा  लागू भएको भए आज कुनै पनि नारि सामाजिक उत्पीडन विभेद शोषण र हिंसाको सिकार हुनु पर्ने थिएन होला । दिनानुदिन विभिन्न माध्यमबाट महिला हिंसा, बलात्कारका तथा शोषणका समाचार सुन्दा महिला आफ्नै घरपरिवारमा, यो समाजमा ,यो राष्ट्रमा लगायत सम्पूर्ण विश्वमा कति असुरक्षित छन् भन्ने हामीले सिधै महशुस गर्न सक्छौं । 

आफ्नै घरमा सुरक्षित छैन्न भने नारिहरू समाजबाट कसरी सुरक्षित हुन्छिन होला। नारि कमजोर हुन्छन भन्ने सोच परिवर्तन गर्न को लागि नारिहरू अबल भएर मैदानमा आउन जरूरि छ। नारि दिवसको दिन सामाजिक सन्जालमा पोस्ट गरेर आफ्नो चरित्रमा खोट लाग्दैन भन्ने सोचमा हुनुहुन्छ भने आजै बाट त्यो मानसिकता हटाउनु भए हुन्छ । जसरी नारी दिवसको दिनमा परिवर्तनका भाषण गर्नुहुन्छ  त्यसरी नै आफ्नो व्यवहारमा  लागू गर्नुभयो भने नारिले कहिले असुरक्षित महशुस गर्नु पर्ने थिएन । समाजमा महिला माथी हुने व्यवहारमा परिवर्तन नआएसम्म महिला हरेक ठाउँमा आफुलाई असुरक्षित महशुस गर्छिन् र स्वतन्त्र भएर आफ्नो काम गर्न  सक्दिनन्  । 

समाजमा कहिले सुरक्षित महशुस गर्ने महिलाले रु कहिलेबाट निर्धक्क भएर समाजमा हिड्न पाउने महिलाले रुसमाजमा परिवर्तन कहिले आउँछ ? नारिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन कहिले  आउछरु नारिले स्वतन्त्र भएर बाँच्न पाउने कहिले ?  हो , यस्तो कुराले मलाई बेलाबेला झस्काउछन् ? शिक्षित भनाउदो समाजमा महिलालाई कमजोर,भावुक तथा घर भित्रका काम गर्ने वर्गका रूपमा लिन्छन् यो सोच परिवर्तन नहुँदासम्म महिला हिंसाको सिकार हुन्छन्।महिलालाई अब्बल र सशक्त बनाउन हरेक घरपरिवारले  महिलाको भावना बुझ्नुपर्छ र प्रेमपूर्ण वातावरण उपलब्ध गराउनुपर्छ तबमात्र समाजमा लैङ्गिक समानता कायम हुन्छ । महिला सहभागिता र सशक्तीकरण भनेर जति नै कानूनमा लेखिए पनि महिला धेरै नै पछाडि छन्।महिलाको हक अधिकार सुनिश्चितताकाको लागि सरोकारवाला निकायको ध्यान जानू आवश्यक देखिन्छ।

 समाजमा प्रेमपुर्ण
समानता र हिंसारहित वातावरणको निर्माण गर्नको लागि लैङ्गिक समानता र न्याय  आवश्यक  देखिन्छ। जहाँ महिलालाई सम्मान र प्रेमपूर्ण व्यवहार गरिन्छ त्यो घर, समाज र राष्ट्रको प्रगति आवश्य पनि उच्च हुन्छ । आज २०२१ मार्च  ८ तारिखको दिन विश्वव्यापी रूपमा मनाइरहेको अन्तर्राष्ट्रिय नारी दिवसको नारा ऋजययकभ तय अजबििभलनभ अर्थात चुनौती छान या चुनौती स्वीकार गर भन्ने बुझिन्छ । 

आत्मविश्वास , आत्मनिर्भर, सहनशीलता जस्ता आधारहरूलाई माध्यम बनाएर महिलाले आफुलाई सशक्त  बनाउन विभिन्न चुनौतीहरू स्वीकार गर्नसके महिलाले समाजमा उच्च स्थान हासिल गर्नसक्छिन। आज जति पनि महिलाहरू उच्च स्थानमा छन् उनीहरू धेरै त्याग र चुनौतीको सामना गरेर मात्र उक्त स्थान हासिल गर्न सफल भएका हुन्। 

तसर्थ  समाज परिवर्तनको लागि महिलाले चुनौतीहरू स्वीकार गर्दै अगाडि बढ्नुपर्छ तबमात्र लैङ्गिक समानतामैत्री समाजमा निर्माण हुनसक्छ र सम्पूर्ण महिलाहरूले आफूलाई सुरक्षित र स्वतन्त्र महसुस गर्न सक्छन् । यदि लैङ्गिक समानता नारिदिवस र भाषणमा मात्र सिमित रहने थिएन भने  नारी दिवसको दिन मात्र नभएर हरेक दिन महिलाले लैङ्गिकमैत्री समाजमा स्वतन्त्ररूपमा जीवन यापन गर्नसक्ने थिए ।

 (लेखक पाण्डे प्लाटिनम मेनेजमेन्ट कलेजमा अध्ययनरत छिन्)