काठमाडौँ, १८ माघः चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । उहाँको धापासीस्थित ग्राण्डी अस्पतालमा आज निधन भएको हो ।
अस्पतालले आज पत्रकार सम्मेलन गरेर ४५ वर्षीय सिटौलाको निधन भएको जानकारी दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहसँगै अछाम जानुभएका सिटौला बेहोस भएपछि उपचारका लागि शुक्रबार उक्त अस्पताल भर्ना हुनुभएको थियो ।
पत्रकार सिटौलाको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेरमा कपनस्थित चलचित्र विकास बोर्डमा राखिने चलचित्र पत्रकार सङ्घले जनाएको छ ।