माघ १८, २०८२ आइतबार

ताप्लेजुङ, १८ माघ : स्थानीय समाजसेवी निशान लिम्बूले यहाँको आधारभूत विद्यालयका ६० जना बालबालिकालाई स्वेटरलगायत न्याना कपडा वितरण गर्नुभएको छ । 

    फक्ताङ्लुङ गाउँपालिका–३ निवासी उहाँले आज विद्यालयमा सङ्क्षिप्त कार्यक्रम गरेर उनीहरूलाई न्याना कपडा वितरण गर्नुभएको हो । 

    त्यस अवसरमा समाजसेवी लिम्बूले आफ्नो गच्छेअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य भएको बताउँदै उहाँले बालबालिकालाई सानो सहयोग गरेको उल्लेख गर्नुभयो ।