त्रिवेणी (रुकुम पश्चिम), १८ माघः यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयले खोप अभियान सञ्चालन गरेर १० देखि १४ वर्षका बालिकालाई खोप लगाइने जनाएको छ ।
अभियानअन्तर्गत जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप लगाइने छ । खोप अभियान तीन दिनसम्म सञ्चालन हुने खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले राससलाई जानकारी दिनुभयो ।