फागुन ४, २०८२ सोमबार

काठमाडौँ, ४ फागुनः परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाकातर्फ प्रस्थान गर्नुहुने भएको छ । 

परराष्ट्रमन्त्रीको भ्रमणले नेपाल र बङ्गलादेशबीचको  सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका सम्बन्धहरूलाई अझ प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काएको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर जनाएको छ । 

परराष्ट्रमन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयलयका वरिष्ठ अधिकारी रहनुहुनेछ । उहाँ यही फागुन ७ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।