फागुन ६, २०८२ बुधबार

विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति

काठमाडौँ, ६ फागुन (रासस): सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 

हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदहरूको योगदानलाई सधैँ उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ । उनीहरूको त्याग र बलिदानले नै आजको उपलब्धि सम्भव भएको हो । तसर्थ, उनीहरूको योगदानको सम्मान गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा उतार्नु हाम्रो साझा जिम्मेवारी हो । लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमार्फत स्थायित्व, सुशासन र विकास सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो ।

नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरव र ऐतिहासिक उपलब्धि हो । इतिहासलाई फर्केर हेर्ने हो भने नेपालको राष्ट्रिय एकीकरणको चरणदेखि २००७ सालको क्रान्ति होस् वा २०४६ सालको जनआन्दोलन वा २०६२÷÷६३ सालको जनआन्दोलन सफल हुनुमा नयाँ पुस्ताको अग्रणीि भूमिका रहेको देखिन्छ । युवाहरुकै युवाहरूकै वलिदानबाट बलिदानबाट नेपाली जनताले आफूलाई राज्यसत्ताको वास्तविक स्रोतका रूपमा स्थापित गरेका हुन् । युवा ऊर्जाशील रगतको बलमा नै देशको सार्वभौमिकता, स्वाभिमान र तथा जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । जनजीविकामा सुधार आउन सक्छ । देशको आवश्यकतामा उपयोग हुने युवा शक्तिमा कदापि अराजकता र, अधैर्यता हुनुआउन हुँदैन । कसैप्रति द्वेष, घृणा र विध्वंशको भाव नराखी राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्दछ ।  हुँदै सार्वभौमिकता, स्वाभिमान र जनजीविकाप्रति संयम हुन आवश्यक छ । लोकतन्त्रका मुख्य आधारस्तम्भ भनेकै युवापुस्ता हुन् । नेपालको विविधता र राजनीतिक विभाजनबीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

युवापुस्तालाई विशेष रूपमा सम्बोधन गर्नु आजको आवश्यकता हो । तथापि, त्यसक्रममा ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू तथा अन्य सबै सीमान्तीकृत समुदायका मुद्दा र सरोकारलाई बिर्सनु कदापि हुँदैन । लोकतान्त्रिक समाजमा सबै वर्ग, उमेर समूह र समुदाय एकअर्कासँग जोडिएर एउटै सामाजिक संरचनाभित्र सहअस्तित्वका साथ बाँचिरहेका हुन्छन् ।

यसकारण, राज्यका नीति, कार्यक्रम र राजनीतिक अभ्यासहरू समावेशी, न्यायपूर्ण र सन्तुलित हुनुपर्छ । कुनै एक वर्गको मात्र सशक्तीकरणले लोकतन्त्र बलियो हुँदैन, समाजका सबै वर्ग र समुदायको समान सहभागिता, संरक्षण र सम्मान सुनिश्चित गर्न सकेमा मात्र लोकतान्त्रिक प्रणाली दिगो र प्रभावकारी बन्न सक्छ । तसर्थ नेपालको विविधता र राजनीतिक विभाजनको अवस्था बीच राष्ट्रिय एकता कायम राख्न सहमति र सहकार्य अपरिहार्य रहेको छ ।

प्रजातन्त्रले लोकतन्त्रले नेपाली जनतालाई आफ्नो शासन आफैँ गर्ने अधिकार प्रदान गरेको छ । प्रजातन्त्र लोकतन्त्र केवल शासन प्रणाली मात्र नभई जनताको अधिकार र कर्तव्यबीचको सन्तुलन हो । अधिकारको उपभोगसँगै कर्तव्यप्रति सचेत हुँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउनु आजको आवश्यकता हो । लोकतान्त्रिक मूल्य–मान्यता व्यवहारमा उतार्न सके मात्र यसको प्रजातन्त्रको सार्थकता प्रमाणित हुन्छ । सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र पारस्परिक सम्मानलाई बलियो बनाउँदै समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्नु आजको आवश्यकता हो । लोकतन्त्रलाई सफल बनाउन नागरिकको सक्रिय सहभागिता र जिम्मेवारीबोध अपरिहार्य रहेको हुन्छ । नागरिक सचेत, सूचित र सक्रिय नभएसम्म लोकतन्त्रको सार्थकता स्थापित हुन सक्दैन । त्यसैले  लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व हुन्छ ।

जनताको सार्वभौमसत्ता, विधिको शासन, मानवअधिकारको संरक्षण, अभिव्यक्ति स्वतन्त्रता तथा समावेशी सहभागिताको सुनिश्चितता प्रजातान्त्रिक लोकतात्रान्त्रिक व्यवस्थाका आधारस्तम्भ हुन् । यी मूल्य–मान्यतालाई व्यवहारमा रूपान्तरण गर्न राज्यका सबै अङ्ग, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकबीच सहकार्य र उत्तरदायित्व आवश्यक अपरिहार्य छ । राजनीतिक दलपार्टीहरुहरूले आफूले अवलम्बन गरेका नीति, कार्यक्रम र सिद्धान्तको कार्यान्वयनबारे निरन्तर समीक्षा गर्दै समयानुकूल आफ्ना  पार्टीका नीति, कार्यक्रम तथा र  कार्यशैलीमा सुधार गर्दै लैजानुपर्छ । पार्टीभित्र स्वच्छ प्रतिस्पर्धात्मको निर्वाचनको अभ्यासका साथै, आन्तरिक बैठक छलफल गर्दा राष्ट्रिय एजेण्डालाई प्राथमिकतामा राख्न जरुरी छ । साथै, आज जलवायु परिवर्तनको प्रभावका कारण हाम्रो स्वास्थ्यदेखि पृथ्वीकै स्वास्थ्यमाथि गम्भीर सङ्कट देखा पर्न थालेकाले यस्ता विषयहरुहरूलाई पनि बहसमा बहसमा ल्याउन आवश्यक छुपर्ने हुन्छ । 

यस व्यवस्थालाई थप सुदृढ बनाउन राज्यका सबै अङ्ग, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र आपसी विश्वास आवश्यक छ । युवालाई रोजगारीको सुनिश्चितता, राज्यका सेवा प्रवाहलाई पारदर्शी, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सकिएमा लोकतन्त्र प्रजातन्त्रप्रतिको जनविश्वास र आस्था अझ बढेर जानेछ । लोकतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको सहभागिता, पारदर्शिता, उत्तरदायित्व र सामाजिक न्यायको सुनिश्चितता गर्ने जीवनशैली पनि हो । हामीले लोकतन्त्रलाई केवल अधिकारको उपभोगमा सीमित नराखी कर्तव्यबोधसँग जोड्नुपर्छ । 

सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवद्धद्र्धन तथा जनमुखी सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तर उकास्नु आजको आवश्यकता हो । लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ ।

अन्त्यमा लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा हामी सबै सचेत, जिम्मेवार र प्रतिबद्ध हुन आवश्यक छ । लोकतन्त्रको महत्वपूर्ण आधार भनेकै आवधिक निर्वाचन पनि हो । मुलुक यतिबेला विषम परिस्थितिमा आम निर्वाचनको संघारमा रहेको छ । निर्धारित मितिअगावै एक किसिमले भन्ने हो भने यसलाई मध्यावधि निर्वाचन नै भन्न सकिन्छ । देशले गत भदौ २३ र २४ गते ठूलो दुर्घटना भोग्नुप¥¥यो । आगामी दिनमा यस्ता घटना कहिल्यै दोहोरिन दिनुहुँदैन । यतिबेला पूर्व राष्ट्रपतिको हैसियतमा मैले आम नागरिकसँगै निर्वाचनमा आफ्नो अभिमत व्यक्त गरिरहँदा क्षणिक सस्तो लोकप्रियताका कुरामा भन्दा जिम्मेवार ढङ्गबाट गर्न आह्वान गर्न चाहन्छु । भोलि कुनै पनि खालको अनिष्ठ देशले भोग्न नपरोस् भन्ने कुरामा ख्याल राख्दै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र जनजीविकामा सुधार ल्याउनसक्ने पार्टीलाई मतदान गर्नुपर्ने अवसर हाम्रासामु आएको छ । (प्रस्तुत विचार पूर्वराष्ट्रपति भण्डारीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)