फागुन ६, २०८२ बुधबार

दमौली (तनहुँ), ६ फागुनः नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले पूर्व सल्लाहकार एवं नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा) मियाँको स्मृतिमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

शाखाले स्व शेष मोहम्मद हनिफ (गोरा मियाँ) फोटो पत्रकारिता स्मृति पुरस्कार स्थापना गर्न लागेको हो । स्वर्गीय मियाँले फोटो पत्रकारिता क्षेत्रमा पु-याउनुभएको योगदानलाई चीरस्थायी बनाउन शाखाले उक्त अक्षयकोष स्थापना गर्ने निर्णय गरेको शाखाका अध्यक्ष डिपी अधिकारीले जानकारी दिनुभयो ।

विसं २०१८ वैशाख ६ गते जन्मिनुभएका शेष मोहम्मद हनिफ मियाँको २०८२ माघ २१ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । उहाँ फोटो पत्रकार महासङ्घ नेपालको पूर्व केन्द्रीय अध्यक्ष पनि हो ।