फागुन ८, २०८२ शुक्रबार

गण्डकी, ८ फागुनः प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुग्नुभएको छ ।

पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आउनुभएका विश्विद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नुहुनेछ । सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ ।
 
दीक्षान्त समारोहमा सहभागी बनी आजै  प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्नुहुने  कास्कीका  सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । 

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।