फागुन १७, २०८२ आइतबार

काठमाडौँ, १७ फागुन : निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्विघ्न रूपमा निर्वाचन सम्पन्न गराउन सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार र सरोकार भएका सबैलाई सहयोगका निम्ति अनुरोध गर्नुभएको छ ।

आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगको सामाजिक सञ्जालबाट सन्देश दिँदै आयुक्त तुलाधरले सबै तहका  सरकार र सरोकार भएका पक्षसँग सहकार्य र सहयोगका लागि अनुरोध गर्नुभएको हो ।  
आयुक्त तुलाधरले मुलुक निर्वाचनमय भइसकेको र सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभएको छ ।