फागुन १९, २०८२ मंगलबार

काठमाडौँ, १९ फागुनः रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका  सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले राससलाई बताउनुभयो । 
 
        मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् । लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको खोजी भइरहेको छ । 
 
        सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरको ‘स्ट्राइकिङ’ टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्लाको राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादव र निजको श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर गहना लुटपाट गर्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।