काठमाडौँ, २१ फागुनः निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि १३ सदस्यीय आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार अस्पतालका मेडिकल डिभिजन प्रमुख डा दीपक पौडेलको नेतृत्वमा समिति गठन गरिएको हो ।
समितिमा सिनियर रजिष्ट्रार प्राडा जितेन्द्र परियार, रजिष्ट्रार डा अरुण सिग्देल, रजिष्ट्रार डा जेनर कुरुम्वाङ, रजिष्ट्रार डा समीर न्यौपाने सदस्य रहनुभएको छ ।
यसैगरी, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुङ्गाना, रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, वरिष्ठ ल्याब टेक्निसियन अमेन्द्र अधिकारी र सवारी इञ्चार्ज रामहरि श्रेष्ठ सदस्य हुनुहुन्छ ।
समितिको सदस्य सचिवको जिम्मेवारी भने रजिष्ट्रार डा रमेश पन्तलाई दिइएको छ ।
कार्यकारी निर्देशक डा रेग्मीले निर्वाचनमा सम्भावित घटनाको उपचार व्यवस्थापन गर्नका लागि समिति गठन गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निर्वाचनमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्ने निर्देशन दिएको छ ।