शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनकाे प्रयोजनका लागि भन्दै जिल्लान्तर सरुवामा रोक लगाएको छ ।
केन्द्रले जारी गरेको पत्रमा शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि मिति २०७८ साल चैत मसान्तसम्ममा रिक्त हुने सबै खुला र बढुवातर्फको शिक्षहरूको दरबन्दीको विवरण प्राप्त भई शिक्षक सेवा आयोगमा पठाइसकेको जनाएको छ।
'आयोगबाट शिक्षक छनोट भइ सिफारिश भएका शिक्षकहरुलाई जिल्लाबाट मागअनुसार नै नियुक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि कुनै प्रकारको जिल्लान्तर सरुवा नगर्नू, नगराउनु हुन निर्देशानुसार अनुरोध छ।’ पत्रमा भनिएको छ।
