फागुन २१, २०८२ बिहिबार

झापा, २१ फागुनः पूर्वउपसभामुख इन्दिरा रानामगरले अर्जुनधारा नगरपालिका वडा नं ८ स्थित मतदान केन्द्रमा मतदान गर्नुभएको छ । 

    झापा निर्वाचन क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारसमेत रहनुभएकी उहाँले आज बिहान ७ः०० बजे मतदान गर्नुभएको झापा-२ को निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश खत्रीले जानकारी दिनुभयो । 

    यस निर्वाचन क्षेत्रमा एक लाख ४७ हजार ५५२ जना मतदाता छन् भने ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेका छन् ।