मोरङ, २१ फागुनः नेपाली कांग्रेसका डा शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मोरङ क्षेत्र नं ६ का उम्मेदवारसमेत रहनुभएका डा शेखर कोइरालाले मतदानपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै सबैको आपसी सहकार्य र समन्वयबाट मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।