रसुवा, २१ फागुनः आज बिहान ७ः०० बजेदेखि सुरू भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान जारी छ ।
मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार रसुवाका ५७ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । जिल्लामा ४१ हजार ४७१ मतदाता छन् ।
सदरमुकाम धुञ्चे रसुवा मावि केन्द्रमा बिहान ११ः०० बजेसम्म २३१ जना मतदाताले मतदान गरेका छन् । कैदीबन्दीका लागि राखिएको कारागार मतदान केन्द्रमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।