फागुन २१, २०८२ बिहिबार

टक्सार (भोजपुर), २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पहाडी जिल्ला भोजपुरमा मतदान सकिएको छ । शान्तिपूर्णरुपमा मतदान सकिएपछि मतपेटिकाहरु सदरमुकाम ल्याउने तयारी भई रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

भोजपुरमा कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ जना रहेकोमा करिव ४४ प्रतिशत मतदान भएको छ । मतपेटिका जम्मा भइसकेपछि सर्वदलिय बैठकपछि मतगणना सुरु गरिने भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँले शुक्रवार बिहानसम्ममा सबै मतपेटिका सङ्कलन भइसक्ने र सोपश्चात वैठक राखेर मतगणना सुरु गरिने जानकारी दिनुभयो । 

जिल्लाको ८७ वटा मतदान केन्द्रको दुई अस्थायीसहित १६१ वटै मतदान केन्द्रमा निर्वाचन भएको थियो । अहिले गणनास्थल भोजपुर नगरपालिकामा मतपेटिकाहरु ल्याउन सुरु भएको छ ।