फागुन २१, २०८२ बिहिबार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २१ फागुनः नवलपरासीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

निर्वाचनमा जिल्लाभरका मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्वक सहभागीताले ६४.५१ प्रतिशत मतदान भएको नवलपरासीका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । 

पश्चिम नवलपरासीमा चार जना अन्यसहित कुल २ लाख ५४ हजार १५७ मतदाता छन् । मतदान सम्पन्न भएसँगै अहिले मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना स्थलमा लैजाने काम भइरहेको जनाइएको छ ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतपेटिका मतगणना स्थलमा आइपुगेपछि चाँडै मतगणना पनि सुरू गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।