काठमाडौँ, २२ फागुन : काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । केहीबेर अगाडिदेखि सो निर्वाचन क्षेत्रको सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वरमा मतगणना सुरु भएको हो ।
सो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार मतगणना सुरु भएको छ । यस्तै, काठमाडौँ क्षेत्र नं ३ र १० को पनि मतगणना सुरु भएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् । निर्वाचन कार्यालयले काठमाडौँको सबै क्षेत्रको मतगणना आजै सुरु गर्ने यसअघि नै जानकारी दिएका थिए ।