दोधारा चाँदनी (कञ्चनपुर), २२ फागुन : कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिनुभयो । शुक्लाफाँटा नगरपालिका–१० को सभाहलमा मतगणना सुरु भएको हो । तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं १ र ३ मा पनि १ः१५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ ।