फागुन २२, २०८२ शुक्रबार

चन्द्रपुर (रौतहट), २२ फागुन : बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । मतगणना चन्द्रनिगाहपुरको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार यस क्षेत्रमा एक लाख १० हजार ३१४ मतदाता रहेकामा ६९ हजार ९५३ मत खसेको छ । चारवटा पालिकाको ३० वटा वडा रहेको यस क्षेत्रमा ६० वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्र रहेका छन् ।
 
यस क्षेत्रमा नेपाली कांग्रेसबाट देवप्रसाद तिमलसिना, नेकपा एमालेबाट रामजी साह, रास्वपाबाट गणेश पौडेल, नेकपाबाट रामकुमार भट्टराई, आजपाबाट ऋषि धमला, जसपाबाट राजकुमार दासले उमेदवारी दर्ता गराउनुभएको छ । राति सम्पन्न सर्वदलीय बैठकको निर्णयअनुसार बिहानबाट मतगणना सुरु भएको हो ।