फागुन २२, २०८२ शुक्रबार

मान्म (कालीकोट), २२ फागुनः कालीकोट जिल्लामा कुल मतदाताको ५० प्रतिशतले मतदान गरेका छन् । जिल्लामा रहेका ८५ हजार ४४ जना मतदातामध्ये ४२ हजार ५२३ जनाले मतदान गरेका हुन् ।

जिल्लाभरिका १२८ मतदान केन्द्रमा २० हजार ६१० पुरुष र २१ हजार ९१३ जना महिलाले मतदान गरेका छन् । सुरक्षा व्यवस्था कडा पारिएकाले मतदान सहज तरिकाले सम्पन्न भएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताउनुभयो । मतदानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएका कारण निर्वाचन शान्तिपूर्ण रहेको उहाँको भनाइ छ ।

कुनै अप्रिय घटनाबिना मतदान सम्पन्न भई मतपेटिका जिल्ला सदरमुकाम ल्याउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो । आजदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिनुभयो ।