सुन्दरहरैँचा, २२ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ जिल्ला समिति सदस्य दुर्गा रेग्मीको निधन भएको छ ।
मोरङ क्षेत्र नं २ को मतगणनास्थलमा रहेको अवस्थामा अचानक विरामी हुनुभएका रेग्मीको आज निधन भएको हो ।
उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रेग्मीको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।