धरान (सुनसरी), २३ फागुनः सुनसरी क्षेत्र न. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । राति १२ बजेसम्मको परिणामअनुसार सो पार्टीका उम्मेदवार अशोककुमार चौधरीले आठ हजार ९९८ मतसहित अगाडि हुनुहुन्छ ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले चार हजार २९५ मत प्राप्त गरी चौधरीलाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै नेपाल (एमाले)का उम्मेदवार भगवती चौधरीले दुई हजार ७३३ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।
यस निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदातामध्ये ९५ हजार १८५ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २३ जना उम्मेदवार हुनुहुन्छ ।