फागुन २३, २०८२ शनिबार

लमजुङ, २३ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अन्तरले अग्रता कायम गरेको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका अनुसार आज राति १ः०० बजेसम्म रास्वपाका उम्मेदवार धर्मराज केसीले ११ हजार ९३१ मत प्राप्त गर्नुभएको छ । 

    साथै नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले सात हजार ४३८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ६ हजार ९८४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले बताउनुभयो । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरिजंग तामाङले एक हजार ८४ मत प्राप्त गर्नुभएको छ । 

    कूल एक लाख ३७ हजार १२४ मतदातामध्ये यस क्षेत्रमा ७५ हजार ८५ मत खसेको थियो । हालसम्म २९ हजार ११९ मतगणना सकिएको जनाइएको छ ।