फागुन २३, २०८२ शनिबार

धरान (सुनसरी), २३ फागनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृती पार्टीका हर्कराज राइले मतान्तर फराकिलो बनाउनुभएको छ । 

राईले नौ हजार १३३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोमा तामाङले सात हजार ४७२ मत प्राप्त गर्नुभएको छ । 

साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले एक हजार ४८९ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । 

यस निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र १ मा एक लाख ५० हजार ३९३ मतदातामध्ये ८७ हजार ८६५ मत खसेको छ । यहाँ स्वतन्त्रसहित २६ जना उम्मेदवार हुनुहुन्छ ।