फागुन २९, २०८२ शुक्रबार

चन्द्रपुर (रौतहट), २९ फागुनः चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो  रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताउनुभएको छ ।

एक साताको अन्तरालमा  १४ वटा बङ्गुर मरेका किसान गुरोले दुखेसो गर्नुभयो  । बङ्गुरको उपचारका लागि पशु चिकित्सकहरुलाई खबर गरेको र उपचार गर्दागर्दै पनि बङ्गुर मरेको उहाँले बताउनुभयो । 

डा चौधरीका अनुसार चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको एउटा बङ्गुर पनि सोही रोगले मरेको छ ।  रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका पशुबाट फैलने उहाँले बताउनुभयो । 

रोग नियन्त्रणका लागी चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप लगाउने घोषणा गरेता पनि हाल खोप अभाव भएकाले केही समय लाग्ने चिकित्सक चौधरीले बताउनुभयो । चन्द्रपुरका किसानले  छ हजारको हाराहारीमा बङ्गुर पालेका छन् । 
–––