चैत ४, २०८२ बुधबार

काठमाडौँ, ४ चैतः यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । 
 
दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल सदस्य रहेको समितिले कूटनीतिज्ञ एवं शिक्षासेवी आचार्यलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पचास हजार राशिको यो पुरस्कार यही चैत १३ गते प्रदान गरिने छ ।