चैत ५, २०८२ बिहिबार

काठमाडौँ, ५ चैतः दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।

    यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।    प्रतियोगिता सेनेगलमा हुने डकार युथ ओलम्पिकको छनोटका रुपमा समेत रहेको छ ।

    प्रशिक्षकमा लानम लामा र जङ्गबहादुर तामाङ तथा निर्णायकमा मञ्जुर महर्जन र गोविन्दबहादुर शाही रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले आज यहाँ आयोजित्बएक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।