चैत ५, २०८२ बिहिबार

काठमाडौँ, ५ चैतः राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । 

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उहाँ जुम्लाबाट निर्वाचित हुनुभएको थियो । 

उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ । दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गर्नुभएको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिनुभयो । पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो ।