चैत १०, २०८२ मंगलबार

बागमती, १० चैतः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जङ्गलमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

    सोमबार घाँस काट्न गएकी सोही वडाको जातिपोखरी निवासी वीरेन्द्र वाइवाकी नौ वर्षीया छोरी लमिना वाइवाको भिरबाट लडेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

    घाँस काट्न गएको र फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा आज भिरबाट लडेर लमिनाको मृत्युु भएको अवस्थामा फेला परेको प्रनाउ बोगटीले बताउनुभयो । मृतक बालिकाको शवपरीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।