असोज १७, २०७८ आइतबार

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले एक्सन फिल्म ‘फाइटर’ मा अभिनेता ऋतिक रोशनसँग काम गर्ने भएकी छिन् । 

फिल्म निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘वार’ ले २ वर्ष पूरा गरेको छ । उक्त फिल्ममा अभिनेताहरू टाइगर श्राफ र ऋतिक रोशनले मुख्य भूमिका निभाएका थिए । यही फिल्मसँगै सिद्धार्थले आफ्नै प्रोडक्सन कम्पनी खोलेका थिए । यसको नाम उनले मारफ्लिक्स राखेका थिए । सोही प्रोडक्सन कम्पनीको ब्यानरमा ‘फाइटर’ को निर्माण हुने भएको हो । 

यस फिल्ममा दीपिका र ऋतिकको एक्सन देख्न सकिनेछ । फिल्म इन्डियन आम्र्ड फोर्समा आधारित हुनेछ । यसलाई स्वदेश तथा विदेशमा रिलीज गरिने जानकारी दिइएको छ ।