युवा पुस्तामाझ निकै लोकप्रिय र्यापर समीर घिसिङ ‘भिटेन’को कन्सर्ट हुने भएको छ । दशैँको अवसर पारेर यसै २३ असोजमा दाङको तुलसीपुरस्थित अरनिको मैदानमा एक दिनको कन्सर्ट आयोजना हुने भएको हो ।
पि.एम इन्टरप्राइजेजका अनुसार कन्सर्टबाट उठेको रकमबाट दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गरिने छ ।
कार्यक्रममा भिटेनले आफ्ना पछिल्ला चर्चित गीत प्रस्तुत गर्नेछन् । सोही कार्यक्रममा ‘फुलबुट्टे सारी’ गीतकी गायिका मिलन नेवार, नेपाल आइडल सिजन वान प्रतियोगी प्रताप दासको अलवा गायिका तथा मोडल सिर्जु अधिकारी, मोडल विजय पुन, मोडल रिया श्रेष्ठ लगायतको समेत प्रस्तुति रहनेछ ।