एजेन्सी । शनिबार राती मुम्बईको एक क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेका बेला भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले छापा मार्दा बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जना पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भए पनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको छ । बलिउडका अन्य अभिनेताका छोराहरू पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन् । तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन ।
एनसिबीका अधिकारीहरूले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ ।