चैत १३, २०८२ शुक्रबार

काठमाडौँ, १३ चैतः निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नुभएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उहाँ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । उहाँलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि नै आबद्ध हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिनुभएको हो । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गर्नुभएको छ ।